बागमतीको खेलकुद विकास कार्यक्रम विज्ञमा थापा
बुधबार, २३ असोज २०८१, १८ : २६
मकवानपुर । बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा दीपक थापा नियुक्त भएका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष थापालाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञमा नियुक्त गरेको हो ।
खेलकुद क्षेत्रमा उपलब्धि मुलक काम गर्ने उद्देश्य अनुरुप ठोस तथा प्रभावकारी योजना निर्माणका लागि युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले थापालाई नियुक्ति पत्र प्रदान गरेका छन्। थापाको नियुक्तिले प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने मन्त्री महर्जनले बताए ।
काठमाडौँ महानगरपालिका–१० निवासी थापा काठमाडौँ व्याडमिन्टन एकेडेमीका संस्थापक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण