जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
काठमाडौँ । दाङ र कैलाली जिल्लाबाट जुवातास खेलिरहेका १७ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१९ कुटिचौर शान्ति कर्मकोट सामुदायिक वनस्थित जङ्गलभित्र जुवातास खेलिरहेको अवस्थामा घोराही उपमहानगरपालिका-१२ बस्ने ३३ वर्षीय जिवराज रावत समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार १ सय १० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-५ लव्ली चोक बस्ने ४२ वर्षीय मैते डगौरा थारूको सौरभ एन्ड सौगात नास्ता पसलमा जुवातास खेलिरहेको मैते डगौरा समेत १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ६५ रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण