पाकिस्तानको बलुचिस्तानमा अज्ञात आक्रमणकारीद्वारा २० जना मजदुरको हत्या
बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको दुक्की जिल्लामा अज्ञात आक्रमणकारीले २० जनाको हत्या गरेको छ । खानीमा काम गरिरहेका मजदुरमाथि अज्ञात आक्रमणकारीले आक्रमण गर्दा अरू सात जना मजदुर घाइते भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार बिहीबार राति दुक्की प्रहरी चौकी क्षेत्रमा यो हमला गरिएको हो ।
खानीमा कार्यरत मजदुरमाथि गोली प्रहारको घटना डक्की शहरबाट करिब आठ किलोमिटर टाढा रहेको खैर मोहम्मद नासिर क्षेत्रमा भएको हो । ‘हिजो राति अज्ञात बन्दुकधारीहरूको समूह उक्त क्षेत्रमा प्रवेश गरी कोइला खानी नजिक कामदारहरूलाई निशाना बनाउन थाले,’ एसएचओ हुमायुन नसिर खानले भने ।
मृत्यु हुनेमा चार जना अफगानिस्तानका कामदार रहेको एसएचओ खानले जानकारी दिएका छन् । अन्य चाहिँ बलुचिस्तानको झोब, किला सैफुल्लाह, पशिन, मुसा खेल र कुचलकका बासिन्दा थिए ।
खानी मजदुरमाथि भएको आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यद्यपी यसअघि पनि बलोच लिबरेसन आर्मी (बीएलए)ले यस्ता आक्रमणको जिम्मेवारी लिँदै आएको छ ।
यस आक्रमणको विरोधमा दुक्कीको मुख्य चोकमा विरोध प्रदर्शन गर्ने स्थानीय पत्रकार अब्दुल हाकिम नासिरले बताएका छन् । घटनाको विरोधमा क्षेत्रका बजार बन्द रहने उनले बताए । यस वर्ष बुलिस्तानमा ठूलो मात्रामा कामदारलाई निशाना बनाइएको छ । निशाना बनाइएका अधिकांश कामदार पाकिस्तानको पञ्जाबका बासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण