काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नयाँ भवन निर्माणको शिलान्यास गरेका छन् । शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरिएको हो ।
_fuQ2dUWx2f.jpg)
काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवन बन्ने छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढीको सामना गरेको नेकपा एमालेले नयाँ भवन निर्माण गर्ने भएको हो ।
_Pz2r7bgxbs.jpg)
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको थियो । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका –१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको बताए । तर अब भने स्थायी भवन निर्माणको तयारीमा रहेको उनले बताए ।
_zbL7mkQuRC.jpg)
२०७२ को भूकम्पका कारण बल्खुबाट विस्थापित नेकपा एमाले मुख्यालय धुम्बाराही, थापाथली हुँदै हाल ललितपुरको च्यासल पुगेको हो। त्यहाँ पनि बाढी र डुबानले दुःख दिएपछि नयाँ विकल्प खोजिएको हो ।
_06N9TgUMxX.jpg)
एमालेका आठ लाख बढी पार्टी सदस्यहरू छन् । भवन निर्माणका लागि भवन निर्माण कोष बनाएर बैंकमा अलग्गै खाता खोलिएको थियो । प्रत्येक पार्टी सदस्यबाट सय रुपैयाँका दरले रकम पनि उठाइएको थियो।
_FDz86lcTjp.jpg)
गत वैशाख ८ देखि १० गतेसम्म गोदावरीमा गरिएको राष्ट्रिय प्रतिनिधि परिषद् भेलामा समेत पार्टी कार्यालय भवन निर्माणका लागि रकम सङ्कलन अभियान सञ्चालन गरिएको थियो।
_abjNPBXE9K.jpg)
_HJqR8Ddkz0.jpg)
_i9lmVCY7SG.jpg)
_K6wSob2jXd.jpg)
_5jnV3A5Kyj.jpg)
_JlLRkLVxZg.jpg)
_vpNHwmnZaG.jpg)
_i9HmYamqpt.jpg)
_KCedqoqZN1.jpg)
_1TARhG2Wrn.jpg)
_UDTbQk0svM.jpg)
_BRQsDvnEZm.jpg)
_Anq2bG2glV.jpg)
_SSBCHBHqPe.jpg)
प्रतिक्रिया