काभा पुरुष यू–२० भलिबल : नेपालले सजिलै हरायो तुर्कमेनिस्तानलाई
काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपालले तेस्रो जित हात पारेको छ । नेपाली टोलीले शुक्रबार खेलिएको खेलमा तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो ।
नेपालले पहिलो सेटको नतिजालाई २५–१४ अङ्कले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि नेपाली टोली २५–२१ अङ्कले अगाडि रह्यो । त्यसपछि तेस्रो सेटको खेलमा पनि नेपाली टोली २५–२० अङ्कले विजयी भएको थियो ।
यो खेलसँगै नेपालीले लिग चरणको आफ्नो पाँचवटै खेल टुङ्ग्याएको छ । नेपालले जारी प्रतियोगितामा तेस्रो जित हात पारेको हो । नेपाली टोलीले लिग चरणमा खेलेको पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हारको नतिजा निकाल्यो ।
नेपाली टोलीले आफ्नो पहिलो खेलमा आयोजक श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो । नेपाली टोली आफ्नो दोस्रो खेलमा भने उज्बेकिस्तानसँग १–३ सेटले पराजित भएको थियो । त्यसपछि नेपाली टोलीले आफ्नो तेस्रो खेलमा उत्कृष्ट प्रदर्शनसहित माल्दिभ्सलाई ३–० को सोझो सेटमा पाखा लगाएको थियो ।
यसैगरी, नेपाली टोली आफ्नो चौथो खेलमा किर्गिस्तानसँग २–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो । लिग चरणको खेलपछि अङ्क तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी टोलीहरूबिच तेस्रोदेखि छैटौँ वरीयतासम्मका लागि पनि खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण