बडादसैँले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को सङ्कल्प पूरा गर्न थप ऊर्जा मिल्ने मुख्यमन्त्री आचार्यको विश्वास
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पूरा गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
बडादसैँ-२०८१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रदेश सरकारले समृद्धि, विकास, सुशासनको चाहना पूरा गर्ने अभियानमा आफ्नो भूमिकाहरू अगाडि बढाइरहेको सन्दर्भमा बडादसैँले त्यसमा थप ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले नेपाली मौलिक सांस्कृतिक पर्वहरूले एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्त्वपूर्ण योगदान गरिरहेको स्मरण गर्नुहुँदै यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्दै आएको समेत उल्लेख गरेका छन् ।
“यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहित सामाजिक–आर्थिक समृद्धि, एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास लिएको छु”, सन्देशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण