नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई
काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
श्रीलङ्काको कोलम्बोमा आज सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो । ्खेलको सुरुवाती पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो । खेलको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।
समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो । त्यसैगरी नेपालले समूह चरणमा श्रीलङ्का, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो ।
श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए । प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण