भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो । गत साउन महिनामा रु एक खर्ब ३६ अर्ब ९३ करोड विप्रेषण भित्रिएको केन्द्रीय बैंकको तथ्याङ्क छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७६ हजार चार सय ८५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४० हजार पाँच सय ८३ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७४ हजार चार सय ५५ र ३२ हजार चार रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कप्तान रियानको शानदार प्रदर्शनका बावजुद १ रनले चुक्यो राजस्थान
-
कांग्रेसले चार भ्रातृसंस्था भंग गर्ने
-
संयुक्त जनआन्दोलन समितिले वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्याली गर्ने
-
मेडिकलबाट ठुलो परिमाणमा लागुऔषध बरामद, सञ्चालक पक्राउ
-
मकवानपुर महिला राष्ट्रिय गोल्डकप : रौतहटलाई हराउँदै पुलिस सेमिफाइनलमा
-
कर्णालीमा बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरू हुने