पेरुमाथि ब्राजिलको सहज जित
ब्रासिलिया । राफिन्हाको दुई गोलको मद्दतले ब्राजिलले पेरुमाथि सहज जित हात पारेको छ । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तरगत स्थानीय समयअनुसार मंगलबार राति भएको खेलमा ब्राजिल ४–० गोलले विजयी बनेको हो ।
खेलको ३८ औँ मिनेटमा बार्सिलोनाका राफिन्हाले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ४३ औँ मिनेटमा रोड्रिगोले टोलीको अग्रता दोब्बर बनाउने अवसर पाएका थिए । तर, उनको प्रहारलाई पेरुका गोलकिपरले रोके ।
दोस्रो हाफको ५४ औँ मिनेटमा ब्राजिलले अर्को पेनाल्टी पायो । जसलाई राफिन्हाले सजिलै गोलमा परिणत गरे ।
७१ औँ मिनेटमा लुइस हेनरिकको पासमा आन्द्रेयास परेराले टोलीका लागि तेस्रो गोल थपे । तीन मिनेटपछि हेनरिक आफैले टोलीका लागि चौथो गोल गरे ।
लगातार दोस्रो जितसँगै ब्राजिल तालिकाको चौथो स्थानमा कायम रहेको छ । १० खेलबाट ब्राजिलको १६ अङ्क रहेको छ । पेरु भने ६ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण