पेरुमाथि ब्राजिलको सहज जित

ब्रासिलिया । राफिन्हाको दुई गोलको मद्दतले ब्राजिलले पेरुमाथि सहज जित हात पारेको छ । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तरगत स्थानीय समयअनुसार मंगलबार राति भएको खेलमा ब्राजिल ४–० गोलले विजयी बनेको हो ।
खेलको ३८ औँ मिनेटमा बार्सिलोनाका राफिन्हाले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ४३ औँ मिनेटमा रोड्रिगोले टोलीको अग्रता दोब्बर बनाउने अवसर पाएका थिए । तर, उनको प्रहारलाई पेरुका गोलकिपरले रोके ।
दोस्रो हाफको ५४ औँ मिनेटमा ब्राजिलले अर्को पेनाल्टी पायो । जसलाई राफिन्हाले सजिलै गोलमा परिणत गरे ।
७१ औँ मिनेटमा लुइस हेनरिकको पासमा आन्द्रेयास परेराले टोलीका लागि तेस्रो गोल थपे । तीन मिनेटपछि हेनरिक आफैले टोलीका लागि चौथो गोल गरे ।
लगातार दोस्रो जितसँगै ब्राजिल तालिकाको चौथो स्थानमा कायम रहेको छ । १० खेलबाट ब्राजिलको १६ अङ्क रहेको छ । पेरु भने ६ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द
-
इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका
-
इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा
-
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’