एक सातामा प्रधानमन्त्री उद्दार कोषमा थपियो १ करोड ४१ लाख सहयोग

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक सातामा १ अर्ब ४० करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । असोज २३ गतेदेखि बुधबारसम्म १ करोड ४० लाख ९५ हजार ४२५ रुपैयाँ जम्मा भएको हो ।
यो अवधिमा सहयोग गर्नेहरुमा साल्ट ट्रेडिङ कर्पोरेसन ६० लाख रुपैयाँ, गैरआवासीय नेपाली संघ ५१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनी १० लाख रुपैयाँ, विद्युत् उत्पादक कम्पनीले ५ लाख ९६ हजार ७४५ रुपैयाँ, नेपाल प्रहरी श्रीमती संघ ५ लाख ५५ हजार रुपैयाँ, राष्ट्रिय समाचार समितिले ३ लाख २६ हजार ३८ रुपैयाँ छन् ।
त्यस्तै, स्वर्ग पवित्रा सत्य सुन्दर समाजले ३ लाख, सिमोनले १ लाख ९३ हजार १०१ रुपैयाँ, सोनापुर टोल विकास समाजले १३ हजार ३१५ रुपैयाँ, विद्याधर मल्लिकले ७ हजार ६७१ रुपैयाँ र झरिबारी टोल विकास समितिले ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।
असोज २३ गतेसम्म कोषमा १ अर्ब ७३ करोड ६ लाख ३२ हजार २०९ रुपैयाँ सहयोग संकलन भएकोमा योसहित १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा