एक सातामा प्रधानमन्त्री उद्दार कोषमा थपियो १ करोड ४१ लाख सहयोग
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक सातामा १ अर्ब ४० करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । असोज २३ गतेदेखि बुधबारसम्म १ करोड ४० लाख ९५ हजार ४२५ रुपैयाँ जम्मा भएको हो ।
यो अवधिमा सहयोग गर्नेहरुमा साल्ट ट्रेडिङ कर्पोरेसन ६० लाख रुपैयाँ, गैरआवासीय नेपाली संघ ५१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनी १० लाख रुपैयाँ, विद्युत् उत्पादक कम्पनीले ५ लाख ९६ हजार ७४५ रुपैयाँ, नेपाल प्रहरी श्रीमती संघ ५ लाख ५५ हजार रुपैयाँ, राष्ट्रिय समाचार समितिले ३ लाख २६ हजार ३८ रुपैयाँ छन् ।
त्यस्तै, स्वर्ग पवित्रा सत्य सुन्दर समाजले ३ लाख, सिमोनले १ लाख ९३ हजार १०१ रुपैयाँ, सोनापुर टोल विकास समाजले १३ हजार ३१५ रुपैयाँ, विद्याधर मल्लिकले ७ हजार ६७१ रुपैयाँ र झरिबारी टोल विकास समितिले ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।
असोज २३ गतेसम्म कोषमा १ अर्ब ७३ करोड ६ लाख ३२ हजार २०९ रुपैयाँ सहयोग संकलन भएकोमा योसहित १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण