माघ १६ मा पुग्यो ‘एक्टरः टेक वन’ को प्रदर्शन मिति
काठमाडौँ । अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको चलचित्र ‘एक्टरः टेक वन’को प्रदर्शन मिति सरेको छ । चलचित्र पूर्व निर्धारित मिति कार्तिक १५ बाट सरेर माघ १६ गते पुगेको छ ।
निर्माण युनिटका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति सार्नु परेको थमनकुमार भण्डारीले बताएका छन् ।
मिति परिवर्तन गरेकोमा वितरक, चलचित्र प्रेमी र अन्य सरोकारवालाहरूलाई परेको असुविधाप्रति क्षमा समेत निर्माण पक्षले मागको छ । थमनकुमार भण्डारी र मोती कार्की निर्माता रहेको चलचित्रमा प्रदीप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको अभिनय छ ।
फिल्मको निर्देशन राजन भुसालले गरेका हुन् । ‘अदृत फिल्मस्’ र ‘मोती फिल्मस्’ को संयुक्त प्रस्तुति रहेको यो फिल्मका सह–निर्माता अनिश भुसाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
-
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
-
झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति के भन्छन् कुलमान घिसिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण