जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान : मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जैविक विविधताले कृषिको दिगोपनामा महत्वपूर्ण योगदान गर्ने बताएका छन् ।
बिहीबार इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को उच्चस्तरीय उद्घाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी हुने क्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा सङ्गठनको मुख्यालयमा भएको उद्घाटन सत्रमा मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको नेपाली टोली सहभागी भएको हो ।
मञ्चको लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरे । नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरी यस क्षेत्रमा बढीभन्दा बढी लगानी भित्र्याउने लक्ष्य लिएको भन्दै मन्त्री अधिकारीले दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्पादन र रुपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथामिकता दिएको उल्लेख गरे ।
नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्त्वपूर्ण योगदान दिएको भन्दै मन्त्री अधिकारीले नेपालको खाद्य प्रणाली विश्वकै लागि प्रेरक हुनसक्ने बताए ।
बैठकमा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुम थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ पनि सहभागी भएको कृषिमन्त्री अधिकारीका प्रेस संयोजक प्रवीण पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुझाव कार्यान्वयन भए धमिलो अर्थतन्त्र सफा हुन्छ’
-
आर्थिक सुधारको प्रतिवेदन: कार्यक्रममा आशा, कार्यान्वयनमा आशंका
-
उच्चस्तरीय आयोगको सुझाव : सरकारले कति अपनायो, कति छाड्यो ?
-
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस गरिने
-
नेसपा गंगानारायण श्रेष्ठ समूहका क–कसले पाए माओवादीमा जिम्मेवारी ? (सूचीसहित)
-
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही