बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित
जलेश्वर । बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका बेला माटोका पाला, दियो र भाँडाकुँडा बेचेर घरखर्च जुटाउँदै आएका महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका कुम्भकारको चिन्तित भएका छन् ।
बिजुलीको झिलीमिलीमा रमाउने आधुनिक समाजले माटोका दिया, पालालाई बेवास्ता गर्दा पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाका कुम्हाले चिन्तित भएका हुन् ।
दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका कुम्हालहरू समाजले झिलीमिली बत्ती, प्लाष्टिक र धातुका विभिन्न भाँडाकुँडाले गर्दा माटोको भाडावर्तन, पालालगायत सामग्रीको बिक्रीमा कमी आएकोे जलेश्वर नगरपालिका–१ का कुम्हाल मङ्गल पण्डितले बताए ।
दिपावली, छठपर्वलगायत अन्य पूजापाठमा अति आवश्यक दियो, ढकनी, घैँटो, मटिया, कुसिया, भन्दै सबैले प्रयोग गर्ने बेला आफूहरूलाई ती भाँडाकुँडा पूर्ति गर्न भ्याइनभ्याई हुने गरेको बताउँछन् भने अहिलेका मानिस आधुनिकतामा रमाएर धातु र प्लाष्टिकका भाँडाकुँडा तथा बिजुलीबत्ती प्रयोग गर्न थालेपछि आफूहरूको व्यवसाय चौपट भएको दुखेसो उनले गरे ।
सदरमुकाम जलेश्वरलगायत जिल्लाको मटिहानी, धिरापुर, रामगोपालपुर, गौशाला, औरही, गौशाला, बर्दिबासलगायत गाउँपालिकाका कुम्हालले माटोको दियो, ढकनी, घैँटो, मटिया, कुसिया र कुरबारलगायत सामग्री बेच्ने गरेकामा अहिले नगण्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने गरेको महोत्तरी गाउँपालिका–४ कुम्हाल वीरेन्द्र पण्डितले बताए ।
पहिला महोत्तरीका विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुँडा तराईमा मात्र नभएर काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुवनी, दरभङ्गा, सीतामढी र पटनासम्म निर्यात हुने गरेकामा अहिले स्थानीय बजारमा माग ह्वात्त घटेपछि आफूहरूको पेसा नै धरापमा परेको जलेश्वर नगरपालिका–११ का कुम्भकार सुरज पण्डितले बताए ।
अत्यधिक श्रम र लगानीमा तयार गरिने माटोको भाँडाकँडा, दियो, मटिया, कुसिया, कुरबारलगायत सामग्री बिक्री नहुनु र बिक्री भए पनि लगानीसमेत नआउनुले यस पेसामा अब नयाँ पुस्ता लाग्न नचाहेको जलेश्वर नपा–६ का कुम्भकार नन्दु पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण