गोकर्णेश्वरमा १५ शैय्याको भवन उद्घाटन, सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपलब्ध गराउने मेयरको दाबी
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नयाँ आधुनिक भवनबाट आफ्ना नागरिकताको उपचारको थालनी गरेको छ। नगरप्रमुख दीपककुमार रिसालले अस्पतालको नयाँ भवन बिहीबार उद्घाटन गरेका छन् । नगरप्रमुख रिसाल र उपप्रमुख सान्नानी लामाले संयुक्त रूपमा उद्घाटन गरेको भवनले सेवा दिन सुरु गरेको र आधुनिक सबै सेवा उपलब्ध गराउने मेयर रिसालले दाबी गरे ।
“यो नयाँ अस्पताल भवनले गोकर्णेश्वरका स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा महत्त्वपूर्ण सुधार ल्याउनेछ । अस्पतालको स्वास्थ्य सेवा अझै गुणस्तरीय र सुलभ बनाउन हामी प्रतिबद्ध छौँ ” मेयर रिसालले भने ।
२०७६ असार १६ गते बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले गोकर्ण स्वास्थ्य चौकीलाई गोकर्ण प्राथमिक अस्पतालको रूपमा उद्घाटन गरेका थिए । त्यसै वर्षको नगर परिषद् बैठकले प्राथमिक अस्पताललाई १५ शय्याको नगर अस्पतालको रूपमा परिमार्जन गर्ने निर्णय गरेको थियो । उक्त नगरले केही समय अघि आधुनिक भवन पनि शिलान्यास गरेर निर्माण गरी रहेको छ। उक्त भवन निर्माण हुनुअघि १५ शय्याको भवन सञ्चालनमा ल्याएको हो ।
देशभर नै उत्कृष्ट स्वास्थ्य सेवा दिएर चर्चामा आएको गोकर्णेश्वरले प्राथमिक स्वास्थ्य केन्द्रबाट नागरिकको उपचार सुरु गरेको थियो । यो सेवा विस्तारको क्रम चलिरहेको र आफ्नो कार्यकालको अन्तिमसम्म सर्वसुलभ रूपमा नागरिकलाई स्वास्थ्य उपचार गराउने मेयर रिसालले बताए ।
उनले सबै नगरवासीको बिमा कार्यक्रम सफलतापूर्वक अघि बढेकाले अबको दुई वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा दिने आफ्नो लक्ष्य पुरा हुने बताए । नगरपालिकाले २८ करोड लागतमा गोकर्णेश्वरको वडा नम्बर ४ स्थित जगडोलको शहिदपार्क मुकेश कायस्थ हेड इन्जुरी सेन्टरको पनि निर्माण धमाधम भइरहेको छ। उक्त भवन २०८० फागुनमा सुरु भएको हो भने दुई वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदी, पहाड र मौनता : बैतडीको यात्रा
-
गैरकानुनी ढंगले जुत्ता चप्पल व्यापार नगर्न विभागको आग्रह
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण