विद्युतीय झट्काले एक बालिकाको मृत्यु, दुई घाइते

महोत्तरी । खेतमा धान काट्न हिँडेकी महोत्तरीको गौशाला–३ मा बाटोमा रहेको नाङ्गो विद्युतीय तारले करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पचाइनटोलकी १२ वर्षीया करिना महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान आफ्नो खेत नपुग्दै बाटोमा विद्युतीय नाङ्गो तारको झट्काले उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीले जनाएको हो । बालिकालाई उद्धार गर्न खोज्दा सोही बस्तीका १८ वर्षीया राधा महतो र १४ वर्षीया विभा महतो घाइते भएका प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरले जानकारी दिए ।
पचाइन बस्ती कै विनोद महतोले आफ्नो खेतको चारैतिर वन्यजन्तुबाट बाली जोगाउन बिछाएका विद्युतीय तारको स्वीच निभाउन (अफ नगर्दा) बिर्सिदा घटना भएको प्रहरीले जनाएको छ । घटनालगत्तै महतो भने फरार छन् ।
शव परीक्षणका लागि बर्दिवास अस्पताल पुर्याइएको र घाइते दुई किशोरीको गौशालास्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । दुवै किशोरीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण
-
एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : उपाध्यक्ष पौडेल