बर्दघाटमा भेटिएको १२ फिट लामो अजिङ्गरलाई निकुञ्जमा छाडियो
बुटवल । पश्चिम नवलपरासीको बर्दघाटमा फेला परेको १२ फिट लामो लोपोन्मुख अजिङ्गरलाई चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ । शुक्रबार सो अजिङ्गरलाई बर्दघाट नगरपालिकाका सर्प उद्धारकर्ता दुर्गा लामिछानेको सहयोगमा नेपाली सेनाले निकुञ्जमा छोडेको हो ।
बर्दघाट नगरपालिका ५ स्थित होमकुमारी थापाको घरमा फेला परेको थियो । निकै दुर्लभ मानिने राज गोमनलाई भारतका चर्चित सर्प उद्धारकर्ता मुरलीवाले हौसला सहितको उपस्थितिमा नियन्त्रणमा लिएर सुरक्षित स्थानमा छाडिएको थियो ।
बर्दघाट क्षेत्रमा पछिल्लो समय लोपोन्मुख सर्प देखिन थालेका छन् । एक महिना अगाडि बर्दघाटमा अति विषालु रसल भाइपर स्नेक (बाघे सर्प) भेटिएको थियो । यो सर्प लुम्बिनी प्रदेशको तराई भेगमा केही मात्रामा मात्र भेटिने गर्दछ । बर्दघाट– ७ बेलहानीमा यो सर्प भेटिएको हो ।
सर्पको उद्धारसँगै आम नगरवासीको जीउ ज्यानको समेत रक्षा भएको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए । नगरपालिकाले सर्प उद्धारकर्ता लामिछानेलाई प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण