रविको नयाँ नाटक पनि सुपरफ्लप हुन्छ : सूर्य थापा
शनिबार, ०३ कात्तिक २०८१, १६ : ००
काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेको पक्राउलाई लिएर भएको विरोधप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले पक्राउको विरोध हुनुलाई नाटकको संज्ञा दिएका छन् ।
नयाँ नाटक सुपरफ्लप हुने दाबी गर्दै उनी लेख्छन्– '‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ-‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो-प्रतीक्षा गरौँ ।'
थापा नेतृत्वको सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले नै रविलाई सहकारीको पैसा गोर्खा नेटवर्कमा ल्याएपछि भएको खर्च गर्नमा जिम्मेवार ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण