पोखरामा सहकारी पीडित र रास्वपा कार्यकर्ता आमनेसामने, दुवै पक्ष प्रदर्शनको तयारीमा
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेसँगै पोखरामा रास्वपा कार्यकर्ता र सहकारी पीडितहरू आमनेसामने हुने भएका छन् । रास्वपा कार्यकर्ताले लामिछानेको पक्राउ विरुद्ध प्रदर्शनको तयारी थाल्दै गर्दा सहकारी पीडितहरूले पनि सडक सङ्घर्ष थाल्ने भएका छन् ।
रविको समर्थनमा रास्वपाले मानवअधिकार चोकमा बिहान ११ बजे प्रदर्शन गर्दै छ । सहकारी पीडितहरूले पनि गैह्रापाटनमा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
सहकारी पीडितहरूले सामाजिक सञ्जालमा गैह्रापाटनमा उपस्थित हुने सूचना पोस्ट गरिरहेका छन् । गैह्रापाटन जिल्ला प्रहरी कार्यालय भएको ठाउँ हो ।
जिल्ला प्रशासन कार्यालयले भने दुवै पक्षलाई प्रदर्शन नगर्न आग्रह गर्दै आएको छ । दुवै पक्षले प्रदर्शनको तयारी थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण