जसपा नेपाल लुम्बिनी प्रदेशमा विवाद : अध्यक्ष हुँदाहुँदै कार्यवाहक अध्यक्ष चयन
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशमा विवाद उत्पन्न भएको छ । जसपा नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादव हुँदाहुँदै पार्टीले रामअवतार यादवलाई कार्यवाहक अध्यक्ष बनाएको छ । अशोक यादवले अध्यक्ष पदबाट राजीनामा दिएका छैनन् । पार्टीले पनि कुनै कारबाही गरेको छैन तर उनको ठाउँमा अर्को कार्यवाहक अध्यक्ष बनाएको छ ।
जेठमा सम्पन्न महाधिवेशनलाई लिएर अशोक यादवले पार्टीमा असन्तुष्टि जनाउँदै आएका थिए । उनले महाधिवशेनको विरुद्धमा निर्वाचन आयोगमा मुद्दा दायर गरेका छन् । उनले पार्टी भने छाडेका थिएनन्, न पार्टीले कारबाही नै गरेको थियो ।
तर अर्को कार्यवाहक अध्यक्ष बनाएपछि उनले असन्तुष्टि जनाएका छन् । उनले भने, ‘म पार्टीमा छँदैछु, म कतै गएको छैन, पार्टी पनि छाडेको छैन, पार्टीले कारबाही पनि गरेको छैन तर मेरो ठाउँमा अर्कोलाई कार्यवाहक अध्यक्ष बनाएको छ त्यो कसरी भयो मैले बुझ्न सकेको छैन ।’
महाधिवेशनलाई लिएर आफूलाई चित्त दुखेको उनले बताए । आफूले त्यसको कानुनी उपचार खोजी रहेको तर पार्टीले अचानक अर्कोलाई लुम्बिनी प्रदेश समितिको कार्यवाहक अध्यक्ष बनाएकोमा आफूलाई आश्चर्य लागेको उनले बताए ।
पार्टीको विधान र नीति विपरित कार्यवाहक अध्यक्ष बनाएको बताउँदै उनले यसका लागि आफूले न्याय खोज्ने बताए ।
यता, जसपा नेपालका प्रवक्ता मनिष सुमनले अशोक यादवले पार्टी अनुशासन विपरीत कार्य गरेको हुनाले अरूलाई कार्यवाहक अध्यक्ष दिएको बताए । कार्यवाहक अध्यक्ष बनाउने कार्य केन्द्रले नभई लुम्बिनी प्रदेश समितिले गरेको बताउँदै अशोक यादवले पार्टीको अनुशासन विपरीत कार्य गरेको हुनाले त्यही कार्यसमितिको बैठक बसेर कार्यवाहक तोकिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण