रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद्मा टाँस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद्मा टाँस गरेर जानकारी गराइएको छ ।
सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिवार सो सम्बन्धी सुचना प्रकाशन गरिएको जानकारी दिए ।
संसदलाई जानकारी गराइएको सूचनामा लेखिएको छ, ‘चितवन जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य रवि लामिछानेलाई कास्की जिल्ला अदालतको मिति २०८१–०७–०२ गतेको पक्राउ अनुमति बमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएकोले नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जानकारी गराइएको भन्ने समेत ब्यहोराको जिल्ला प्रहरी कार्यालय, कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. २०८१–०८२ च.नं. ७०२७ मिति २०८१–०७–०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम २ को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम २ मा संसद् बैठक नचलेको अवस्थामा सांसद पक्राउ सम्बन्धी सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउनेछ’ भन्ने प्रावधान रहेको छ ।
शुक्रबार सांसद लामिछानेलाई सहकारी प्रकरणमा काठमाडौँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो । भोलि उनलाई अदालतमा पेस गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण