संयोजन समितिबाट पार्टी एकताको सहमति अनुमोदन
काठमाडौं– एमाले–माओवादी पार्टीबीचको एकता संयोजन समितिको बैठक सकिएको छ । बालुवाटारमा सम्पन्न बैठकले पार्टी एकता गर्ने दुई पार्टीबीचको सहमतिलाई अनुमोदन गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
एकता संयोजन समितिको बैठकपछि अब दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेर पार्टी विघटन गर्ने र त्यसपछि आजै एकता घोषणा गर्ने तयारी भएको बताइएको छ ।
यसअघि दुई पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डबीच पार्टी एकता गर्ने समझदारी भएको थियो । समझदारी पछि दुबै पार्टीको छुट्टाछुटै बैठक बसेर एकताको सहमतिलाई अनुमोदन भइसकेको अवस्थामा एकता संयोजन समितिको बैठकले पनि औपचारिकता दिएको हो ।
दुई पार्टीले एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरिसकेका छन् ।
संयुक्त पार्टीको स्थायी कमिटी ४३ सदस्सीय हुनेछ । जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहनेछन् । त्यस्तै केन्द्रीय समितिमा ४४१ जना रहने छन् जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण