संयोजन समितिबाट पार्टी एकताको सहमति अनुमोदन
काठमाडौं– एमाले–माओवादी पार्टीबीचको एकता संयोजन समितिको बैठक सकिएको छ । बालुवाटारमा सम्पन्न बैठकले पार्टी एकता गर्ने दुई पार्टीबीचको सहमतिलाई अनुमोदन गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
एकता संयोजन समितिको बैठकपछि अब दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेर पार्टी विघटन गर्ने र त्यसपछि आजै एकता घोषणा गर्ने तयारी भएको बताइएको छ ।
यसअघि दुई पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डबीच पार्टी एकता गर्ने समझदारी भएको थियो । समझदारी पछि दुबै पार्टीको छुट्टाछुटै बैठक बसेर एकताको सहमतिलाई अनुमोदन भइसकेको अवस्थामा एकता संयोजन समितिको बैठकले पनि औपचारिकता दिएको हो ।
दुई पार्टीले एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरिसकेका छन् ।
संयुक्त पार्टीको स्थायी कमिटी ४३ सदस्सीय हुनेछ । जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहनेछन् । त्यस्तै केन्द्रीय समितिमा ४४१ जना रहने छन् जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान युद्धविरामपछि यस्तो छ पाकिस्तानी सेयर बजारको अवस्था
-
भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो
-
हेडलाइनमा आउन आफ्नो नाम प्रयोग गरेको भन्दै अभिनेत्री मावरा आक्रोशित
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘खैजेडीको घेरो’
-
सुरक्षित हुन्छ त पिउने सनस्क्रिन ?
-
एकदिवसीय करियरबाट संन्यास लिनेबारे रोहितले के भने ?