कालिकोटमा मिटी ट्रक दुर्घटना, १ को मृत्यु, ३ जना घाइते
शनिबार, ०३ कात्तिक २०८१, १९ : १०
कालिकोट । कालिकोटमा मिटी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले मृतक चालक रुपन्देहीको बुटवल–१३, का हुमबहादुर खड्का रहेको रातोपाटीलाई बताए ।
सुर्खेतबाट समान बोकेर जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक कर्णाली राजमार्ग अन्तर्गतको तिलागुफा नगरपालिका–६ खल्ला भन्ने ठाउँमा शनिबार अपरान्ह दुर्घटनामा परेको हो । ट्रकमा रहेका अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
कालिकोट प्रहरीका अनुुसार दुर्घटनामा परी घाइते भएका तीनै जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक रावतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण