सहकारी पीडितले आज पोखरामा प्रदर्शन गर्ने
आइतबार, ०४ कात्तिक २०८१, ०८ : १९
पोखरा । पोखराका सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दबाब स्वरूप आज पोखरामा प्रदर्शन गर्ने भएका छन् । सहकारी पीडित सङ्घर्ष समितिको नाममा सूचना पोस्ट गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ ।
रास्वपाका नेता कार्यकर्ताहरूले आफ्नो प्रदर्शनलाई स्वतन्त्र नागरिकहरूको प्रदर्शन भनेपछि सहकारी पीडितहरूलाई पनि अन्य पक्षले साथ दिन थालेका छन् । उनीहरुले आज राष्ट्रबैंक चोकमा ११ बजे प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् ।
रास्वपाले आफ्ना सभापति रवि लामिछानेको बचाउमा मानवअधिकार चोकमा शनिबार प्रदर्शन गरेको थियो । आज पनि प्रदर्शन हुने नेता उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार अदालतमा रविलाई पेस गर्ने भएपछि रास्वपा नेता कार्यकर्ताहरू पनि सोही क्षेत्र वरपर भेला हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण