प्युठानमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
आइतबार, ०४ कात्तिक २०८१, १२ : १०
प्युठान । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । आइतबार लु २७ प ९१३४ नम्बरको मोटरसाइकल ऐरावती गाउँपालिका ६ टिकारीस्थित हरिया खोलाबाट बरौला जाने बाटोमा अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय वर्ष २७ का नवराज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक निरञ्जन रिजालले चालक श्रेष्ठको उपचारका क्रममा जिल्ला अस्पताल प्युठानमा मृत्यु भएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण