सहकारी ठगी प्रकरण
अदालत परिसरमा रविले भने– म न्याय प्रक्रियालाई सघाउन आएको छु
आइतबार, ०४ कात्तिक २०८१, १३ : ५८
१

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई सघाउन आएको बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘ म न्याय प्रक्रियालाई सघाउन आएको छु ।’ उनले राज्य सत्ता कब्जा गर्ने, आफ्नो बर्चस्व कायम गर्ने सरकारको योजना रहेको समेत उनले बताए ।
रविले केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउने समेत बताए । उनले भने, ‘यो सरकारका विरुद्ध देशैभरिबाट जनता बाहिर आउनुपर्छ। मेरो लागि होइन देशको लागि सबै आउनुपर्छ ।’
लामिछानेले यो सरकार रहँदासम्म झुटा मुद्दामा फसाउने काम निरन्तर चलिरहने समेत बताए । उनले भने, ‘यो सरकार नढले सम्म जनता जाग्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव
-
राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक
-
खोलामा डुबेर बालिकाको मृत्यु