सिटीको नाटकीय जित
आइतबार, ०४ कात्तिक २०८१, २१ : ०५
लण्डन । इन्जुरी समयमा नाटकीय गोल गर्दै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा संघर्षरत वूल्भ्सविरुद्ध पुनरागमन जित हात पारेको छ । आइतबार साँझ भएको खेलमा सिटी २–१ गोलले विजयी बनेको हो ।
इन्जुरी समयको पाँचौँ मिनेटमा जोन स्टोन्सले विजयी गोल गरे । उक्त गोल सुरुमा अफसाइड करार गरेर रद्द गरिए पनि रेफ्री क्रिस काभान्हाले रिभ्यूमार्फत गोल दिएका थिए ।
खेलमा अग्रता भने वूल्भ्सले लिएको थियो । सातौँ मिनेटमा नै योर्गन स्ट्रान्ड लार्सेनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, ३३ औँ मिनेटमा जोस्को ग्भार्डिओलले उत्कृष्ट गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए ।
जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । हालसम्म अपराजित रहेको सिटीको ८ खेलबाट २० अङ्क छ । वूल्भ्स भने मात्र एक अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण