बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र
नेपालगन्ज। बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ । निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा सो सूचना केन्द्र स्थापना गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्जमा आउने पर्यटकलाई निकुञ्जका बारेमा विस्तृत सूचना र जानकारी प्रदान गर्न करिब रु ७० लाखमा आगन्तुक सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । उनले त्यसका लागि आवश्यक तयारी गरिएको उल्लेख गर्दै दुई साताभित्र सूचना केन्द्र स्थापना हुने बताए ।
सूचना केन्द्रबाट बाँके राष्ट्रिय निकुञ्जसम्बन्धी सम्पूर्ण जानकारी पाउन सकिने निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जको गत आर्थिक वर्षमा चार सय ८० पर्यटकले भ्रमण गरेका थिए । निकुञ्ज विशेषगरी जैविक विविधता र बाघ संरक्षणका लागि परिचित छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको सो निकुञ्ज मुलुकको कान्छो राष्ट्रिय निकुञ्जका हो ।
पर्यटकले निकुञ्जमा बाघ, चितुवा, हात्ती, गैँडा, जरायो, बँदेल, नीलगाई र विभिन्न प्रजातिका चरा र सर्पलगायत जीवजन्तु अवलोकन गर्न सक्छन् । निकुञ्जभित्र पर्यटकका लागि हात्ती, जिप र जङ्गल सफारीका साथै पैदल यात्राको प्रबन्ध गरिएको छ । निकुञ्जभित्र वन्यजन्तु अवलोकनका लागि मचान, घाँसेमैदान, कृत्रिम पोखरी र वनपथजस्ता पूर्वाधारसमेत निर्माण गरिएका छन् ।
बाँकेमा सडक तथा हवाई यातायातको सहज पहुँच र एक दर्जन बढी तारे होटलको सुविधा भएका कारण निकुञ्ज अवलोकनका लागि यहाँ पुग्ने पर्यटकले बाघलगायत वन्यजन्तु अवलोकन गर्ने गर्छन् । निकुञ्ज बाँके, दाङ र सल्यान गरी तीन जिल्लाको पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण