इन्डोनेसियाका आठौं राष्ट्रपति प्रबोवो सुबिआन्तोले सम्हाले कार्यभार
जाकार्ता । इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति प्रबोवो सुबिआन्तोले आइतबारदेखि पदभार सम्हालेका छन्। जोको विडोडोलाई पराजित गर्दै सुबिआन्तो इन्डोनेसियाको आठौं राष्ट्रपति बनेका हुन् । पदभार ग्रहण गरेसँगै उनले देशमा व्याप्त भ्रष्टाचारविरुद्ध निर्मम रूपमा अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।
७३ वर्षीय सुबिआन्तोले यसअघि रक्षामन्त्री तथा सेनाप्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । सुबिआन्तो गत फेब्रुअरीमा भएको निर्वाचनमा राष्ट्रपतिमा विजयी भएका थिए । चुनावी अभियनका क्रममा उनले राष्ट्रवादी र लोकप्रिय भाषणले जनताको मत जितेका थिए । ‘१८ वर्षको उमेरमा मैले एउटा प्रतिज्ञा गरेको थिएँ । म जनता र राष्ट्रका लागि मर्न पनि तयार हुनेछु,’ चुनावी र्यालीका क्रममा उनले भनेका थिए ।
यसअघि उनी सन् २००४ मा राष्ट्रपति पदको आकांक्षी थिए । तर तत्कालीन गोलकर पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवारी प्राप्त गर्न असफल भएका थिए । त्यसको पाँच वर्षपछि पूर्वराष्ट्रपति मेगावती सुकार्नोपुत्रीसँगै उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका सुबिआन्तो पराजित भएका थिए । उनी सन् २०१४ मा जोको विडोडोसँग राष्ट्रपतिमा पराजित भएका थिए ।
सुबिआन्तो सन् १९९८ मा कार्यकर्ता अपहरणको आरोपका कारण सैनिक सेवाबाट बर्खास्त भएका थिए । जसका कारण अमेरिकाले उनलाई वर्षौंसम्म भिसा दिन अस्वीकार गरेको थियो । तर उनले उक्त आरोप अस्विकार गर्दै आएका छन् ।
सन् १९५१ मा सम्पन्न परिवार जन्मिएका सुबिआन्तोका बुबाले इन्डोनेसियाको वित्त तथा व्यापारमन्त्रीको रूपमा सेवा गरेका थिए । बाल्यकालमा स्विट्जरल्यान्ड र इंल्यान्डमा बसेका उनी सन् १९७० मा इन्डोनेसिया फर्किएर सेनामा भर्ती भएका थिए । उनले १९८३ मा सुहार्तोकी छोरी सिती हेदियाती हरियादीसँग विवाह गरेका थिए । तर दुईबीच पछि सम्बन्धविच्छेद भएको थियो ।
सन् १९९७ र १९९८ को बीचमा केही लोकतन्त्रवादीको अपहरण हुँदा सुबिआन्तोले विशेष कारबाहीका लागि प्रयोग गरिएको ‘कोपासस’ सैन्य बलको नेतृत्व गरेका थिए । उक्त घटनामा एक दर्जनभन्दा बढी कार्यकर्ता बेपत्ता भएका वा मरेको बताइन्छ । त्यसपछि उनी १९९८ मा सेनाबाट बर्खास्त भएका थिए । तर उनीमाथि कुनै अभियोग लगाइएन ।
त्यसपछि केही समय जोर्डनमा स्वेच्छिक निर्वासनमा रहेका सुबिआन्तोले देश फर्किएर पाम तेल र ऊर्जासम्बन्धी व्यवसायसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण