माओवादी अध्यक्ष प्रचण्ड आज जुम्ला आउँदै
सोमबार, ०५ कात्तिक २०८१, ०९ : ५६
सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार जुम्ला आउने भएका छन्। माओवादी केन्द्र जुम्ला कमिटीले सिञ्जा क्षेत्रको कनकासुन्दरीमा आयोजना गरेको जनसभालाई सम्बन्धन गर्न उनी जुम्ला आउन लागेका हुन् ।
माओवादी केन्द्र जुम्ला इन्चार्ज नरेश भण्डारीका अनुसार प्रचण्ड काठमाडौँबाट नेपालगन्ज र त्यहाँबाट हेलिकप्टरमार्फत सिधै कनकासुन्दरी पुग्ने छन् ।
जनसभासँगै ठुलो सङ्ख्यामा अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको भण्डारीले बताए ।
'जनताका चाहना बुझ्न, सुशासनबारे जनतालाई आह्वान गर्नुहुन्छ,'उनले भने, 'यो ऐतिहासिक क्षेत्र पनि हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु
-
पहिलो हाफमा नर्वेको अग्रता: हालान्डको दुई गोल
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण