सरकारले दसैँका लागि ल्याएका खसी च्याङ्ग्रा शतप्रतिशत बिक्री
काठमाडौँ । सरकारले यो वर्ष दसैँका लागि ल्याएका खसी च्याङ्ग्रा शतप्रतिशत बिक्री भएका छन् । सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा ल्याएको थियो ।
जसमध्ये १ हजार ५०० वटा खसी बोका र ३०० वटा च्याङ्ग्रा ल्याएर प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट असोज २० गतेदेखि बिक्री गरिएको थियो । उक्त खसीबोका तथा च्याङ्ग्रा शतप्रतिशत बिक्री भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
खसी च्याङ्ग्रा १० रुपैयाँ छुटसहित बिक्री गरेको थियो । जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरि १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँ र च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गरेको थियो । गतवर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२५० रुपैयाँ तोकेको थियो ।
उक्त मूल्यमा बिक्री नभएपछि पछि भाउसमेत घटाइएको थियो । जसअनुसार खसीको २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङ्ग्राको २५ रुपैयाँ सहुलियत दिएर १२२५ रुपैयाँ कायम भएको थियो । तर पनि बिक्री नभएर लामो समयसम्म बिक्री हुन सकेका थिएनन् । गत वर्ष २ हजार वटा खसीबोका र ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो ।
ती कुल च्याङ्ग्राामध्ये ४९५ वटा बिक्री भएका थिए भने ४७ च्याङ्ग्रा बाँकी थिए । तीमध्ये कुकुरको टोकाइबाट २५ च्याङ्ग्रा मरेका थिए भने बचेका २२ वटा च्याङ्ग्रा १ हजार १५ रुपैयाँ प्रतिकिलोका दरमा दसैँपछि बिक्री गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण