कांग्रेस नीति प्रतिष्ठानको सदस्यमा १८ जना नियुक्त
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले १८ जनालाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका छन् ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा कांग्रेसको विधान बमोजिम उनीहरूलाई नियुक्त गरिएको हो ।
नियुक्त हुनेमा कविराज पण्डित (बाजुरा), डा. जगदीशचन्द्र पोखरेल (तनहुँ), छन्दबहादुर पहराई (गुल्मी), विजुला वर्मा (सिन्धुली), डा. केदारनरसिंह के.सी. (नुवाकोट), रिना उप्रेती के.सी. (सोलुखुम्बु), वीरेन्द्र यादव (धनुषा), डा. कृष्णप्रसाद पौडेल (कास्की) र भरत प्रसाई (झापा) रहेका छन् ।
यस्तै कमल कार्की (भक्तपुर), बलदेव तिमिल्सीना (सिन्धुपाल्चोक), डोलराज भुसाल (स्याङ्जा), श्री प्रताप पौडेल (बाग्लुङ), हजारी नेपाली वादी (जाजरकोट), विश्वदिप लामिछाने (काठमाडौँ), नाहिदा परविन (रौतहट), भवानी पन्त (कञ्चनपुर) र अनार बस्नेत (काठमाडौँ) लाई पनि प्रतिष्ठानको सदस्यमा नियुक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण