पशुपति धर्मशालाको विषयमा अध्ययन गर्न समिति गठन
सोमबार, ०५ कात्तिक २०८१, २१ : २०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।
सोमबार मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखाका प्रमुखको अध्यक्षतामा ६ सदस्यीय अध्ययन समिति गठन गरिएको हो ।
समितिका अन्य सदस्यहरूमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्त्व विभागका उपसचिव र मन्त्रालयका संस्कृति शाखाका उपसचिव रहेका मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।
समितिले धर्मशालाबारे अध्ययन गरेर ३० दिनभित्र पर्यटनमन्त्रीलाई प्रतिवेदन बुझाउनु पर्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप