कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानमा १८ जना सदस्यहरू मनोनीत
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ जना सदस्यहरू मनोनीत भएका छन् ।
पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सोमबार पार्टी विधानको धारा ३६ (१) (ग) बमोजिम सदस्यहरू मनोनीत गरेका हुन् ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बाजुराका कविराज पण्डित, तनहुँका जगदीशचन्द्र पोखरेल, गुल्मीका छन्दबहादुर पहराई, सिन्धुलीका विजुला वर्मा, नुवाकोटका केदारनरसिंह के.सी र सोलुखुम्बुकी रिना उप्रेती सदस्यमा मनोनीत भएका छन् ।
त्यस्तै, धनुषाका वीरेन्द्र यादव, कास्कीका डा. कृष्णप्रसाद पौडेल, झापाका भरत प्रसाई, भक्तपुरका कमल कार्की, सिन्धुपाल्चोकका बलदेव तिमिल्सीना, स्याङ्जाका डोलराज भुसाल, बागलुङका प्रताप पौडेल, जाजरकोटका हजारी नेपाली (वादी), काठमाडौँका विश्वदिप लामिछाने, रौतहटका नाहिदा परविन, कञ्चनपुरका भवानी पन्त र काठमाडौँका अनार बस्नेतलाई उपसभापति खड्काले प्रतिष्ठानको सदस्यमा मनोनीत गरेका मुख्यसचिव पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण