मध्यपश्चिमलगायत चीन र दक्षिण एसियाका तेह्र विश्वविद्यालयद्वारा संयुक्त घोषणा पत्रमा हस्ताक्षर
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले चीनमा आयोजित “हुबेई (चीन) र दक्षिण एसियाका विश्वविद्यालय अध्यक्षहरूको फोरम” मा सहभागी भई संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा ध्रुव कुमार गौतमले उच्च शिक्षा साझेदारी बढाउने उद्देश्यका साथ सहयोगी पहलहरूबारे छलफल गर्न दक्षिण एसिया र चीनका तेह्र संस्थाहरूका अध्यक्ष एवं प्रतिनिधि बिच उक्त घोषणा पत्रमा हस्ताक्षर गरेका हुन् । फोरम एवं घोषणा पत्रको मुख्य उद्देश्य शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा सहयोगलाई जोड दिनु रहेको छ ।
घोषणाले साझेदारीलाई फराकिलो बनाउने, प्रतिभा विकासलाई बढवा दिने र डिजिटल शिक्षालाई एकीकृत गर्ने लगायतका क्षेत्रहरूलाई रेखाङ्कित गरेको छ ।
यसले बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत आपसी सहयोगको महत्त्वलाई समेत समावेश गरेको छ भने सहभागी विश्वविद्यालयहरूबिच उच्च–स्तरीय अनुसन्धानलाई बढवा दिँदै साझेदारीलाई प्रोत्साहित गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा गौतम लगायत हुबेई विश्वविद्यालय, चाइना थ्री गर्जेज विश्वविद्यालय, वुहान विज्ञान तथा प्रविधि विश्वविद्यालय, नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरूले घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।
यो हस्ताक्षरले दक्षिण एसिया र चीनबिच बलियो शैक्षिक र सांस्कृतिक सम्बन्ध निर्माण गर्ने तथा प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई समर क्याम्प, संयुक्त अनुसन्धान लगायतका विभिन्न गतिविधिहरूमा भाग लिई समग्र शैक्षिक उन्नयनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण