इन्डिगो–विस्तारा, एआईको ३० विमानमा बमको धम्की
नयाँ दिल्ली । भारतीय हवाई सेवा प्रदायक कम्पनीहरूमा एक पछि अर्को गर्दै बमको धम्की आइरहेका छन् । सोमबार अबेर राति ३० विमानमा फेरि बमको धम्की आएको छ । समाचार एजेन्सी पीटीआईका स्रोतहरूका अनुसार यसमा इन्डिगो, विस्तारा र एयर इन्डिया (एआई)को घरेलु र अन्तरराष्ट्रिय उडानहरू समावेश छन् ।
पछिल्लो ८ दिनमा १२० भन्दा बढी विमानमा बम आक्रमणको धम्की आएको छ । आफ्ना चार उडानहरूले सोमबार सुरक्षा सतर्कताहरू प्राप्त गरेको इन्डिगोका प्रवक्ताले मंगलबार भनेका थिए ।
सोमबार सामाजिक सञ्जालमा केही उडानहरूले सुरक्षा खतराहरू पाएका विस्टारा र एयर इन्डियाका प्रवक्ताहरूले मंगलबार पुष्टि गरेका थिए । सम्बन्धित अधिकारीहरूलाई सूचित गरेर र सबै प्रोटोकलहरू कडाईका साथ पालना गरेको उनीहरूको भनाई थियो ।
नागरिक उड्डयन मन्त्री राममोहन नायडूले पनि सोमबार धम्कीहरू नक्कली भए पनि हामी तिनीहरूलाई हल्का रूपमा लिन नसक्ने र यसका विरुद्ध कडा कानुन ल्याउने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण