पेरुमा पूर्वराष्ट्रपतिलाई २० वर्षको जेल सजाय
लिमा । पेरुका पूर्व राष्ट्रपति अलेजान्द्रो टोलेदोलाई २० वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोग प्रमाणित भएपछि उनलाई त्यहाँको एक अदालतले सो सजाय दिएको हो ।
टोलेदोले ३ करोड ५० लाख अमेरिकी डलर घूस लिएर दक्षिण पेरुमा सडक बनाउने करार ब्राजिलको एउटा निर्माण कम्पनी ओदेब्रेच्टलाई दिएको अभियोजनकर्ताहरूको आरोप थियो ।
टोलेदो सन् २००१ देखि सन् २००६ को बिचमा राष्ट्रपति थिए । उनी पाँच वर्षअघि क्यालिफोनिर्यामा पक्राउ परे । त्यहाँ उनी कयौँ वर्ष बसेर काम गरेका थिए । गएको वर्ष मात्रै उनलाई अमेरिकालाई सुपुर्दगी गरिएको थियो । सो करार पाउन आफूले पेरु र अमेरिकाभर कयौँ अधिकारीहरूलाई दसौँ लाख डलर घूस दिएको ओदेब्रेच्टले पनि स्वीकार गरेको थियो ।
ओदेब्रेच्टकै मामिलामा घुस लिएको अभियोग लागेपछि प्रहरीले समात्न आउनु अघि पेरुका पूर्व राष्ट्रपति एलन ग्रासियाले घरमै सन २०१९ मा आफैले आफैलाई गोली हानेर आत्महत्या गरेका थिए । यस मामिलामा दुई पूर्व राष्ट्रपतिहरू पेद्रो पाब्लो कुजिन्स्की र ओलाअन्ता हुमालामाथि पनि छानबिन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण