सलमान खानको समर्थनमा उत्रिए गायक मिका सिंह
नयाँ दिल्ली । सलमान खानलाई यतिबेला लरेनस विश्नोई गिरोहबाट धम्की आइरहेको छ । यसैबिच गायक मिका सिंह अभिनेताको समर्थनमा आएका छन् ।
एक लाइभ शोमा उनले सलमानका लागि केही लाइन समर्पित गरेका थिए । ‘भाइ तिमी चिन्ता नगर’ भन्दै उनले सलमानलाई ढाडस दिएका थिए ।
मिकाले सलमानका कयौँ फिल्मको गितमा आवाज दिएका छन् । सलमान खान र मीका सिंहबिचको सम्बन्ध निकै राम्रो भएको बताइन्छ । सलमानका फिल्मका कयौँ चर्चित गीत मिकाले गाएका छन् ।
लरेन्स गिरोहबाट सलमान खानले लगातार धम्की पाइरहेका छन् । केही समय अघि अभिनेताको घर ग्यालेक्सी अपार्टमेन्टमा गोलिबारी भएको थियो । हालै मात्रै अभिनेताका नजिक रहेका एनसीपी अजित गुटका नेता बाबा सिद्दीककीको मुम्बईमा गोली हानेर हत्या गरिएको थियो । यसपछि अभिनेताको सुरक्षा बढाइएको छ ।
कालो हरिण शिकार मामिलामा सलमान खान राजस्थानको विश्नोई समाजसँग माफी मागुन् भन्ने लरेन्स गिरोहको माग छ । यो घटना सन् १९९८ मा राजस्थानको जोधपुरमा भएको थियो । त्यतिबेला त्यहाँ ‘हम साथ–साथ हैं’को सुटिङ चलिरहेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण