भृकुटीमण्डपमा तिहारलक्षित फूल मेला
काठमाडौँ । नर्सरी व्यवसायी संघले तिहारलक्षित पाँच दिन फूल मेला आयोजना गर्ने भएको छ । संघले कार्तिक ९ देखि १३ गते सम्म (पाँच दिन) “तिहारको महोत्सव, फूलको उत्सव“ भन्ने नाराका साथ मेला आयोजना गर्ने भएको हो ।
संघले बुधबार पत्रकार सम्मेलनमार्फत काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने मेलामा ६५ वटा व्यावसायिक स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल ३ स्टल तथा प्रतिस्पर्धाको २ वटा स्टल समेत जम्मा ७० वटा स्टल रहने छ ।
यस्तै, सो मेलमा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको मेला संयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनले बताइन् ।
उनका अनुसार मेलामा अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति एक सय र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क लाग्ने छ ।
सो मेलामा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक फूल बिरुवाहरू लगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिने आयोजकले जनाएको छ । साथै मलखाद, अर्ग्यानिक एवं रासायनिक विषादी, बीउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल समेत रहने उल्लेख गरिएको छ ।
यस्तै, बिहीबारदेखि ललितपुरको जावलाखेल मैदानमा फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले फूल मेला आयोजन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण