संगठन निर्माण अभियानमा केन्द्रित जसपा नेपाल
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत विभिन्न सांगठनिक गतिविधिहरूमा केन्द्रित रहेको छ ।
केन्द्रीय समितिको बैठकबाट अभियन्ताको रूपमा खटाइएका पार्टीका केन्द्रीय नेताहरूले आफ्नो जिम्मेवारीमा परेका पालिका समिति गठन, पुनर्गठन गर्ने कार्यलाई तीव्रता दिएका छन् । पार्टीका अधिकांश केन्द्रीय नेताहरू अभियानका लागि कार्यक्षेत्रमा खटिएका छन् ।
यसैबिच पर्सा, रौतहट, तनहुँलगायतका जिल्लाहरूमा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरू जसपा नेपाल प्रवेश गरेका छन् ।
जिल्ला तथा पालिकामा विस्तारित बैठक आयोजना गरिनुका साथै अनुगमन तथा समीक्षा बैठकसमेत आयोजना भइरहेका छन् । पार्टीको केन्द्रीय समितिले सञ्चालन गरेको यस अभियानले पार्टीको सदस्य संख्या पाँच लाख पुर्याउने लक्ष्य राखेको छ । यो अभियान मंसिर मसान्तसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण