झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, प्रहरी चौकीमा ढुंगामुढा
बुधबार, ०७ कात्तिक २०८१, २२ : ०१
काठमाडौँ । झापाको कमल गाउँपालिका स्थित केर्खामा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटना भएपछि स्थानीयले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरिरहेका छन् ।
दुर्घटनामा परेर मृत्यु हुनेमा मोटरसाइकल चालक र त्यसमा सवार दुई जना पुरुष छन् । उनीहरूको शव सडकमा नै छ । दुर्घटना पछि स्थानीयले प्रहरी चौकीमा ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए ।
उनले भने, ‘प्रदर्शनका कारण शवको मुचुल्का र अनुसन्धान सुरु गर्न सकिएको छैन ।’ दुर्घटना स्थलमा स्थानीयले प्रदर्शन गरिरहेका छन् । घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण