‘सानो संसार’को प्रिमियर, मह–जोडीले रुचाए फिल्म
काठमाडौँ । शुक्रबारदेखि देशव्यापी पुनः प्रदर्शनमा आउने फिल्म ‘सानो संसार’को पुनः प्रिमियर गरिएको छ । बुधबार साँझ क्यूएफएक्सको राइजिङ मलमा गरिएका प्रिमिएरमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, तुलसी घिमिरे, छविराज ओझा, हिमेश पन्त लगायतका फिल्मकर्मी र पत्रकारको बाक्लो उपस्थिति थियो ।
अर्जुन कुमार र माधव वाग्लेको निर्माण रहेको फिल्म यसअघि असोज ११ गते प्रदर्शनमा आए पनि बाढी पहिराेका कारण निर्माण युनिटले ३ दिनमै फिल्मको प्रदर्शन स्थगित गरेको थियो ।
फिल्मको कथावस्तु र कलाकारको अभिनयले मन छोएको प्रिमियरमा हरिवंशले बताए । ‘धेरै समयपछि मध्यमवर्गको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ’ उनले भने ।
हरिबंशको कुरो मदनकृष्णले पनि दोहोर्याए । उनले राम्रो फिल्म बनाएकोमा निर्माता अर्जुन कुमारलाई बधाई दिए ।
पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छिन् ।
सीताका अलावा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । सबै कलाकारले नेपाली फिल्ममा यसै मार्फत डेव्यु गरेका हुन् ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा निर्माण भएको फिल्मको निर्देशन सिद्धार्थ पुडासैनीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण