सलमान खानले बिश्नोई समुदायलाई दिएका हुन् पैसा ?
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानले बिश्नोई समुदायलाई पैसा दिन खोजेको कुरा बाहिरिएको छ । ग्याङ्गस्टर लरेन्स बिश्नोईका काकाका छोरा रमेश बिश्नोईले सलमान खानसँग सम्बद्ध कालो हरिण प्रकरणमा जेल परेका गुण्डा लरेन्स बिश्नोईको साथमा सारा बिश्नोई समुदाय उभिएको बताएका छन् ।
सलमान खानले बिश्नोई समुदायलाई पैसाको अफर गरेको तर आफूहरूले स्वीकार नगरेको आरोप पनि उनले लगाएका छन् । लरेन्स बिश्नोई एक गुन्डा हुन् । हत्याको षडयन्त्र समेत कयौँ आरोप लागेका यिनी अहिले गुजरातको साबरमती जेलमा छन् । कालो हरिण सिकार प्रकरणपछि सलमान खानलाई लरेन्स बिश्नोई र उनको गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।
एनडीटीभीसँगको कुराकानीमा लरेन्स बिश्नोईका काकाका छोरा रमेश बिश्नोईले सलमान खानले यसअघि बिश्नोई समुदायलाई पैसा दिन खोजेको बताएका थिए । ‘उनका पिता सलीम खानले लरेन्स गिरोहले पैसाका लागि यस्तो गरिरहेको भनिरहेका छन् । म उनलाई स्मरण गराउन चाहन्छु कि उनका छोराले समुदायसमक्ष चेकबुक राखेर चाहेको रकम भर्न र लिन भनेका थिए । हामी पैसाको भोको थियौँ भने, हामी त्यही समयमा लिन्थ्यौँ,’ रमेशले भने ।
कालो हरिण काण्ड भएको समयमा बिश्नोई समुदायका सबै सदस्य आक्रोशित भएको उनले बताए । ‘हरेक बिश्नोईको रगत उम्लिरहेको थियो । हामीले यससम्बन्धी निर्णय अदालतको हातमा छाडिदियौँ । तर, समाजको मजाक उडाइयो भने क्रुद्ध हुनु स्वाभाविक भएको पनि उनले बताए । यस मामिलामा यतिबेला सम्पूर्ण बिश्नोई समुदाय लरेन्सको साथमा रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण