फ्राइडे रिलिज : देशभर ‘सानो संसार’ रिलिज
_9wnIJfNDED.jpg)
काठमाडौँ । आज शुक्रबारबाट फिल्म ‘सानो संसार’ पुनः रिलिज भएको छ । यसअघि गत असोज ११ गते प्रदर्शनमा आएको फिल्म बाढी पहिरोका कारण रिलिजको ३ दिनमै प्रदर्शन स्थगित गरिएको थियो ।
त्यतिबेला फिल्म ‘आँखा’ जुधेको यो फिल्म अहिले भने सिंगल रिलिज भएको हो । यद्यपि देशभरका हल भने यसले पाएको छैन । किनभने फूलपातीमा रिलिज भएका ३ फिल्म ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले अझै धेरै स्टेशन ओगटेर बसेका छन् ।
‘सानो संसार’ एउटा मध्यम वर्गीय परिवारले आर्थिक समस्याका कारण भोग्नुपरेको अभाव, कठिनाई र संघर्ष मर्मस्पर्शी रुपमा उठाएको फिल्म हो । दुई पटक प्रिमियर भएको फिल्मले प्रिमियर राम्रो प्रतिक्रिया पाएको छ ।
सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), अनु दाहाल, राज पङ्गेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ ।
निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को निर्माता अर्जुन कुमार हुन् भने कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् । राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : शङ्कर पोखरेल
-
भारतमा मार्च १ देखि जनगणना हुने
-
कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
-
संविधान संशोधनको प्रक्रिया सुरू गर्नुपर्यो : कोइराला
-
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश
-
दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्छ : गगन थापा