चार वर्षीय छोरीलाई मार्छु भन्दै बन्धक बनाएपछि...

विराटनगर । तीनदिनदेखि बन्धक बनेकी विराटनगरकी एक चार वर्षीय बालिकाको स्थानीय प्रशासनले उद्धार गरेको छ । गत मंगलबारदेखि विराटनगर ९ भानुटोलका ३२ वर्षीय सुनिल सहनीले आफ्नै ४ वर्षीय छोरीलाई केही पनि खान नदिई घरबाट बाहिर पनि जान नदिई बन्धक बनाएको प्रहरीको दाबी छ ।
ती बालिकाको शुक्रबार साँझ भने सकुशल उद्धार भएको छ । छोरीलाई लिएर घरको कोठाभित्र बसेका सुनीलले कसैलाई पनि प्रवेश नगर्न र गरेमा छोरीलाई मारिदिने भन्दै धम्की दिएका थिए ।
‘घरको कोठाभित्र छोरीलाई लिएर बसेका थिए । उनको हातमा सानो चक्कु पनि थियो । कोही आएमा छोरीलाई मारिदिने र आफू पनि मर्छु भनेर भन्थे,’ मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले भने । यद्यपि सहनीलाई फकाएर ढोकाको माथि पटि्टको खाली ठाउँबाट छोरीलाई निकाल्न सफल भएको उनको भनाइ छ ।
छोरीलाई दिएका सुनिल भने बाहिर निस्कन मानेका छैनन् । उनले कोठाभित्रै सल लगाएर पासो लाग्न खोज्ने लगायतका अनेक हर्कत गरिरहेको भएपनि अहिलेसम्म सकुशल रहेको प्रहरीले जनाएको छ । ‘बिहानसम्म उनको अवस्था सकुशल छ । अहिले सुतिरहेको भन्ने कुरा आएको छ,’ प्रवक्ता जोशीले भने । नाबालिकालाई भने उनकी हजुरआमाको जिम्मा लगाइएको छ ।
सुनिलकी श्रीमती भने केही समयदेखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । उनले किन छोरीलाई बन्धक बनाएका हुन् भन्ने विषय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन
-
८ वर्षमा फास्ट ट्रयाकको ४० प्रतिशत काम, २ वर्षमा सक्ने योजना