तरहरामा ब्याडमिन्टन प्रतियोगिता : धनबहादुर पुरी र प्रदीप श्रेष्ठको टिम विजयी
इटहरी । तहरामा भएको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा समूह ‘क’ अन्तरगत धनबहादुर पुरी र प्रदीप श्रेष्ठको टिम विजयी भएको हो । इटहरी २० तरहरामा तरहरा ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा पुरी र श्रेष्ठको टिम विजयी भए भने राजकुमार राई र राम तामाङको टिम उपविजेता बन्यो ।
तीन समूह चरणमा भएको प्रतियोगितामा ‘ख’ समूहबाट रबिन बस्नेत र मेमकुमार राईको टिम प्रथम भएको छ । उपबिजेतामा आशिष श्रेष्ठ र गीता तामाङले चित्त बुझाए ।
त्यस्तै समूह ‘ग’ बाट सिम्रन मगर र प्रेमको टिम विजयी भए भने उपबिजेतामा ललित मगर र तिलकले बाजी मारे । प्रतियोगिताको विजेताले नगद १० हजार र ट्रफि उपविजेताले नगद ५ हजार र ट्रफि पाए ।
खेलको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्दै ब्याडमिन्टनले मानिसलाई स्वास्थ्यसँगै सकारात्मक बनाउने बताए । खेल क्षेत्रमा सरकारको लगानी आवश्यक रहेको बताउँदै मेयर पौडेलले नगरवासीलाई स्वास्थ्यमा ध्यान दिन आग्रह पनि गरे ।
क्लबका अध्यक्ष मेमकुमार राईले जनस्तरको बृहत् सहभागितामा बनेको तरहरा ब्याडमिन्टन क्लबमा दैनिक सय भन्दा बढी खेलाडीले ब्याडमिन्टन खेल्दै आएको बताए ।
कार्यक्रमको संयोजन तरहराका उत्कृष्ट खेलाडीहरू जय खड्का, चन्द्र तामाङ, नारायण गुरुङ, देव अधिकारी, रमेश लामिछाने, अनिल अधिकारी, अनिल निरौला, उत्तम राई लगायतले गरेका थिए। खेलमा ११३ खेलाडी सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण