‘फेरी रेशम फिलिली’ को छायाङ्कनको दोस्रो सेडुल तिहारपछि सुरु हुने
काठमाडौँ । फिल्म ‘फेरी रेशम फिलिली’ को छायाङ्कनको पहिलो सेड्युल सकिएको छ । दसैँ लगत्तै सुरु गरिएको फिल्मको पहिलो चरणको १२ दिनको छायाङ्कन सेडुल काठमाडौँ र काभ्रेको पाँचखाल गरिएको छ । अब दोस्रो चरणको छायाङ्कन तिहारपछि कार्तिक २२ गतेबाट बारादेखि सुरु हुने निर्माता रौनक विक्रम कँडेलले जानकारी दिए ।
बारापछि फिल्मको छायाङ्कन चितवनमा पनि हुनेछ । २०७२ सालमा रिलिज भएको फिल्म ‘रेशम फिलिली’ को सिक्वेलको रूपमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासियाको मुख्य भूमिका छ । विनय र कामेश्वर अघिल्लो सिक्वेलमा पनि थिए । पहिलो सिक्वेललाई प्रणव जोशीले निर्देशन गरेका थिए भने यसका निर्देशक निरोज महर्जन हुन् ।
फिल्ममा विनय, कामेश्वरसँगै सुपुष्पा भट्ट, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ । फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण