सारिका र भ्याग्यश्रीले जिते ‘किड क्विन नेपाल’को उपाधि
काठमाडौँ । ‘किड क्विन नेपाल २०२४’को उपाधि (सिनियर)तर्फ रानीवनकी सारिका सिटौला र (जुनियर)तर्फ बानेश्वरकी भ्याग्यश्री खड्काले जितेका छन् । दुबैले ३८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुमेका छन् ।
नेप्लिज फेसन होम र फाइट फर लाइफद्वारा आयोजित प्रतियोगीताका विजेताले नगद २५ हजार नगद सहित विभिन्न गिफ्ट समेत हात पारेका छन् ।
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, बागमती प्रदेशका सभामुख भुवनकुमार पाठक अतिथि रहेको प्रतियोगितामा रत्न बज्राचार्य, डा. शिक्षिता श्रेष्ठ, उधभ खड्का, मञ्जु कार्की पाण्डे, लक्ष्मण श्रेष्ठ, जिवेश्वरलाल श्रेष्ठ, पवेशमान शाक्य, शोभा महर्जन निर्णायक रहेका थिए ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिता मिस नेवाः ११४३ सकिना महर्जन र सोसियल वेलफेयर एम्बेसडर तिमिला महर्जनको कोरियोग्राफी रहेको थियो ।
साना नानीहरू भोलिको परिवार समाज अनि देशको भविष्य हो, त्यसैले उनीहरूलाई आजैदेखि जिम्मेवार बनाउन सिकाउनु कार्यक्रमको उद्देश्य रहेको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण