पटका बनाउँदा पड्किएर एक बालक घाइते
सोमबार, १२ कात्तिक २०८१, १८ : ३३
पोखरा । पोखरामा पटका बनाउने क्रममा पड्किएर एकजना घाइते भएका छन् । पोखरा–२१ फुस्रेखोलाका १७ वर्षीय असिम परियार आल्मुनियमको पातामा सलाईको काँटीले पटका बनाउँदा पड्किएर घाइते भएका हुन् ।
पटका बनाउँदै गर्दा एक्कासि पड्किएपछि उनी घाइते भएका कास्की प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौँ रिफर गरिएको छ ।
उनको शरीरका विभिन्न भागमा चोट रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण