समाचार
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ जना घाइते
सोमबार, १२ कात्तिक २०८१, २० : ०९
सुर्खेत । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपुकोट गाउँपालिका–६, की १३ वर्षीय सृजना बस्नेत र अन्य दुई जना रहेका छन् । सृजनालाई कपुरकोट स्वास्थ्य चौकीमा मृत घोषणा गरिएको छ भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ ।
सोमबार अपराह्न कपुरकोट गाउँपालिका–६, सिनबाङको दुबेदेबाट धान र पराल बोकेर छाप्नेटातर्फ जाँदै गरेको रा१ख २४०२ नम्बरको मिटी ट्र«क सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपानेले बताए ।
उनका अनुसार गाडीमा १२ जना सवार रहेका थिए ।
दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीलाई जिल्ला अस्पताल सल्यान र केहीलाई राप्ती प्रादेशिक अस्पताल तुल्सिपुर लगिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण