सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो
मङ्गलबार, १३ कात्तिक २०८१, ०८ : १८
सुर्खेत । सोमबार सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । चालक २४ वर्षीय मानबहादुर भण्डारीको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो ।
१४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भण्डारी र १३ वर्षीय सृजना बस्नेतको बाटोमै मृत्यु भएको थियो ।
चालक भण्डारीको दाङको तुल्सीपुर राप्ति अस्पतालमा राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रेशम बहादुर खत्रीले रातोपाटीलाई बताए ।
सोमबार अपराह्न कपुरकोट गाउँपालिका–६, सिनबाङको दुबेदेबाट धान र पराल बोकेर छाप्नेटातर्फ जाँदै गरेको रा१ख २४०२ नम्बरको मिनी ट्र«क सडकबाट १५० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण